संखुवासभाबाट विप्लव कार्यकर्ता पक्राउ

 माघ ४, २०७६ शनिबार १७:१४:२१ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - सरदमुकाम खाँदबारीबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–६ घर भएका हरि चापागाईँ रहेको प्रहरीले जनाएको छ । प्रहरीले चापागाईँलाई सरदमुकाम खाँदबारीबाट पक्राउ गरेको हो । पक्राउ परेका चापागाईँलाई हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरिएको प्रहरीले जनाएकाे छ ।

जिल्लामा पछिल्लो समय आगजनी र तोडफोडका घटना बढेपछि प्रहरीले विप्लव कार्यकर्ता माथि निगरानी बढाएको थियाे । नचिनेका मानिसहरुकाे समूहले गएको मंसिर १८ गते पाँचखपन नगरपालिकाको को १ झ ५४० नम्बरको गाडी तोडफोड गरेका थिए ।

त्यसैगरी मंसिर २५ मा मादी नगरपालिका-५ को वडा कार्यालय भवनमा आगजनी र राम्बेनी–ओखरबोटे सडक निर्माणमा रहेको एक्स्काभेटर र एउटा मोटरसाइकलमा आगो लगाएका थिए । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया