विपन्न विद्यार्थीलाई वडाको आर्थिक सहयोग

 माघ १८, २०७६ शनिबार ११:३५:४२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका २ ले विपन्न विद्यार्थीहरुलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । वडा कार्यालयले रेसुङ्गा माध्यमिक विद्यालयमा पढ्ने ६५ जना अति विपन्न छात्र/छात्राहरुलाई एक कार्यक्रमका बीच दुई लाख रुपैंयाँ आर्थिक सहयोग गरेको हो ।

सहयोग कार्यक्रम अन्तर्गत प्राथमिक तहमा पढ्ने ३७ जना विद्यार्थीलाई २ हजार ७ सय ५० रुपैयाँका दरले र माध्यमिक तहमा पढ्ने २८ जना विद्यार्थीलाई ३ हजार ५ सय रुपैयाँका दरले आर्थिक सहयोग गरिएको वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयबहादुर थापाले बताउनुभयो । 

दलित, गरीब र विपन्न परिवारका कुनै पनि विद्यार्थीहरु शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले वडा कार्यालयबाट आर्थिक सहयोग उपलब्ध गराईएको अध्यक्ष थापाले जानकारी दिनुभयो । 

आर्थिक अवस्था कमजोर भएका कतिपय विद्यार्थीहरु विद्यालयले तोकेको पोशाक किन्न नसकेर नियमित रुपमा विद्यालय जान नसकेको अवस्थामा वडा कार्यालयबाट गरिएको रकम आफूहरुको लागि निकै महत्वपूर्ण भएको अभिभावकहरुले बताएका छन् । 

वडाका सबै बालबालिकाहरुलाई विद्यालय शिक्षामा समाहित गराउने योजनाका साथ वडाले शिक्षालाई मुख्य प्राथमिकतामा राखेको वडा सदस्य गंगा थापाले बताउनु भयो ।  

विद्यालयका प्रधानाध्यापक प्रेमनारायण भण्डारीले विपन्न विद्यार्थीहरुलाई वडाले गरेको सहयोग र सद्भावप्रति धन्यवाद व्यक्त गर्दै यस्तो प्रकारको सहयोगले विद्यार्थीहरुको मनोबल बढाउन थप मद्दत मिल्ने बताउनुभयो । 

प्रधानाध्यापक भण्डारीले आर्थिक अवस्था कमजोर भएका कारण बीचमै कक्षा छोड्ने विद्यार्थीहरुका लागि वडाले गरेको सहयोगले महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया