लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका ७३ वटा सटर भत्काइए

 माघ २३, २०७६ बिहिबार १२:४७:२९ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका ७३ वटा सटर भत्काइएको छ ।

जिल्ला अदालत रुपन्देहीको आदेशपछि अस्पताल आफैले सटर भत्काएको हो । यसअघि लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न नमुना अस्पतालको रुपमा अगाडि बढाउने भन्दै प्रदेश सरकारले सटर भत्काउनुपर्ने निर्णय गरेको हो ।

यी सटरमा व्यवसायीको ६३ करोड रुपैयाँभन्दा बढी लगानी रहेको अनुमान छ । जिल्ला अदालत रुपन्देहीको आदेशपछि अस्पताल प्रशासनले व्यवसायीलाई सटर खाली गर्न ४८ घण्टे अल्टिमेटम दिएको थियो ।

तर जिल्ला अदालतको सटर भत्काउन अवरोध गर्नु नपर्ने भन्ने आदेशविरुद्ध २६ जना व्यवसायीको तर्फबाट यज्ञप्रसाद सापकोटाले सर्वाेच्चमा रिट निवेदन दर्ता गराउनु भएको थियो ।

सर्वाेच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले दुवै पक्षमा फागुन १ गते छलफलको लागि बोलाएको थियो । तर अस्पताल प्रशासनले मुद्धाको किनारा नलाग्दै व्यवसायिक प्रयोजनमा रहेका सटरहरु बिहीबार भत्काइ दिएको हो ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया