कोरियन वन र ओमानी रियालको भाउ बढ्दा अरु मुद्रा केही घट्यो

 फागुन २२, २०७६ बिहिबार १०:१४:४५ | उज्यालो सहकर्मी

काठमाण्डौ – बुधबारको तुलनामा आज बिहीबार कोरियन वन र ओमानी रियालको भाउ बढेको छ । अरु सबै विदेशी मुद्राको भाउ केही घटेको छ । 

नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एककोे खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर ११६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५८ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा रहेको थियो । 

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा तोकेको थियो । 

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०४ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो खरिददर ३०२ रुपैयाँ ८४ पैसा तोकिएको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेको थियो । 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९५ पैसा  र बिक्रीदर २७ रुपैयाँ १० पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ८२ पैसा  र बिक्रीदर २७ रुपैयाँ ९६ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३८१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८३ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ३८२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८४ रुपैयाँ १७ पैसा रहेको थियो । 

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३११ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३१० रुपैयाँ २४ पैसा र बिक्रीदर ३११ रुपैयाँ ८३ पैसा रहेको थियो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया