कोरोना प्रभावित देशबाट फर्किने नेपालीले स्वास्थ्य परीक्षणको प्रमाणपत्र देखाउन नपर्ने, सतर्कता अपनाउन अनुरोध

 फागुन २७, २०७६ मंगलबार १६:८:५७ | उज्यालो सहकर्मी

काठमाण्डौ – कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण धेरै देखिएका देशबाट फर्किने नेपालीलाई उच्च सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ । 

नेपालले संक्रमण धेरै देखिएका ८ देशका नागरिकलाई अन अराइभल भिसा रोकको छ । ती देशका नागरिकले नेपाल आउनैपर्ने भएमा सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्र देखाउनुपर्छ ।

तर ती देशबाट आउने नेपाली नागरिकले भने स्वास्थ्य परीक्षणको प्रमाणपत्र पेश गर्न नपर्ने तर उच्च सतर्कता अपनाउन अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अनुरोध गर्नुभयो । 

‘स्वास्थ्य मन्त्रालयले यात्राका लागि गाइडलाइन्स जारी गरेको छ, त्यसलाई फलो गर्नुहुन म सबैलाई आग्रह गर्दछु,’ महानिर्देशक पौडेलले भन्नुभयो, ‘ जोखिम छ आफैं सर्तक हुनुहोला ।’ 

मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, इटली, दक्षिण कोरिया, जापानका नागरिकलाई अन अराइभल भिसा बन्द गरिएको छ । यस्तै फागुन ३० गतेदेखि स्पेन, फ्रान्स, जर्मनीका नागरिकले नेपालका लागि अनइराभल भिसा पाउने छैनन् ।

 यी देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोना भाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने छ ।

कोरोना सङ्क्रमण भएका देशबाट नेपाल आउँदा आफूलाई संक्रमण नदेखिए पनि फर्कनासाथ सिधै घरपरिवारमा घुलमिल हुनुअघि केहीदिन घरमा छुट्टै बस्न र सतर्कता अपनाउन डाक्टरले सुझाव दिँदै आएका छन् । 

यस्तै, अहिले रोजगारीका लागि नेपाली धेरै रहेका खाडीका देश र मलेसियामा पनि कोरोनाको संक्रमण देखिएको छ । कतारले त नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । नेपालले पनि कतारका लागि श्रम स्वीकृति दिन मंगलबारदेखि नै बन्द गरेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया