जुम्ला घटना छानविन गर्न प्रतिष्ठानले बनायो उच्चस्तरीय समिति

 साउन १०, २०७५ बिहिबार १६:१६:८ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डा. गोविन्द केसी अनसन बसेर काठमाडौं लैजाने क्रममा भएको घटनाको छानविनका लागि प्रतिष्ठानले उच्चस्तरीय छानविन समिति गठन गरेको छ  । 
 

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा प्राध्यापक डा. गीताभक्त जोशीको संयोजकत्वमा ७ सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन गरिएको प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्र राज वाग्लेले जानकारी दिनुभयो । 

छानविन समितिको सदस्यहरुमा पूर्व स्वास्थ्य सचिव डा. सिनेन्द्रराज उप्रेती, प्राध्यापक डा. कृष्णकुमार राई, डा.बाबुराम मरासिनी, डा.देवमान लिम्बू, पत्रकार गोरखबहादुर  थापा र सदस्य सचिवमा राजु कटुवाल रहेका उहाँले बताउनुभयो । 
 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा बसेको कार्यकारी परिषदको बैठकले उच्चस्तरीय छानविन समिति गठन गरेको थियो । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. राजेन्द्रराज वाग्लेको अध्यक्षतामा  बसेको बैठकले  अस्पतालमा भएको घटनाको सत्य तथ्य छानविनका लागि छानविन तथा प्रतिष्ठानको भविश्यका लागि आगामी दिन कसरी सजिलो बनाउने विषयमा समिति गठन भएको हो । 

यसैगरी समिति र अस्पतालको क्षतिको विषयमा शुक्रवार पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गरिने कार्यक्रम रहेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लले जानकारी दिनुभयो । उहाँले पत्रकार सम्मेलन मार्फत सवै जानकारी गरिने बताउनुभयो । 

गत असार १६ गतेबाट विभिन्न चिकित्सा क्षेत्र र कर्णाली स्वास्थ्य  विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चाँडै पूर्वाधार तयार गरि डाक्टर पढाई गरिनुपर्ने भन्दै अनसन बसेका केसीको अनसनको २० औँ दिन साउन ३ गते प्रतिष्ठानमा प्रहरी, विद्यार्थी र कर्मचारीहरु बीच झडप भएको थियो । त्यसै दिन केसीलाई नेपाली सेनाको हेलिकप्टरवाट काठमाडौं लगिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया