कोरोना भाइरस : भारतमा थप एक जनाको ज्यान गयाे, ज्यान गुमाउनेकाे संख्या दुई पुग्याे

 चैत १, २०७६ शनिबार ६:३५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा कोरोना संक्रमित थप एक जनाको ज्यान गएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षकी महिलाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

ती महिलामा मधुमेह र उच्च रक्तचापको समस्या यसअघिदेखि नै रहेको परिवारले बताएका छन् । ज्यान गुमाएकी महिलामा उनको छोराबाट संक्रमण सरेको अनुमान छ ।

गएको फेब्रुअरीमा स्विजरल्याण्डबाट इटाली हुँदै भारत पुगेका ती युवामा कोरोना पुष्टि भएको केही दिनमा नै आमामा पनि कोरोना भएको पाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिले ती युवा र ज्यान गुमाएकी महिलाको सम्पर्कमा रहेका व्यक्तिलाई निगरानीमा राखिएको छ ।

यसअघि गएको मंगलबार कर्नाटक, कालाबुर्गीका ७६ वर्षका पुरुषको ज्यान गएको थियो । उनी  भारत‍मा काेराेना संक्रमणबाट ज्यान गुमाउने पहिलाे व्यक्ति थिए । 

भारतमा संक्रमितको संख्या ८२

भारतमा मात्रै कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । जसमध्ये ६५ जना भारतीय नागरिक रहेका र अरु १७ जना विदेशी नागरिक रहेका तथा १० जना उपचारपछि निको भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतले मात्रै अहिलेसम्म ११ लाख ७१ हजार ६१ जनाको कोरोना परीक्षण गरेको जनाएको छ । यसैबीच भारतले बंगलादेशसँगको रेल र बस सेवा एक महिनाको लागि बन्द गर्ने निर्णय गरेको छ । मार्च १५ अर्थात भोलिदेखि आउँदो वैशाख ३ गतेसम्म दुई देशबीचको यातायात सेवा बन्द गर्ने निर्णय गरिएको भारतको गृह मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया