लामो दूरीको बसमा यात्रा गर्ने यात्रुकाे शरीरको तापक्रम नापिने

 चैत ३, २०७६ सोमबार ९:१८:३१ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले लामो दूरीका बसमा यात्रा गर्ने यात्रुको शरीरकाे तापक्रम मापन गर्न सुरु गरेको छ । कोरोना भाइरसको सङ्क्रमण नफैलियाेस् भन्ने उदेश्यले यात्रुको शरीरको तापक्रम नाप्न थालिएको प्रालीले जनाएको छ ।

प्रालिका अध्यक्ष दधिराम खरेलले आफ्नाे मातहतमा रहेका झण्डै २ हजार ५ सय बसमध्ये लामो दूरीमा प्रयोग हुने बसका यात्रुकाे शरीरको तापक्रम नाप्ने बताउनु भयो । शरीरकाे तापक्रम उच्च देखिए यात्रुलाई स्वास्थ्य केन्द्रसम्म पुराउने गरी तयारी गरिएको प्रालिले बताएको छ । 

प्रालिले बुटवल, बेलहिया, भैरहवा, तौलिहवा, कृष्णनगर, परासी, महेशपुर, तानसेन, तम्घास र सन्धिखर्कमा आफ्नै लगानीमा खरिद गरिएको उपकरणबाट यात्रुको तापक्रम मापन गर्ने व्यवस्था मिलाएको छ । 

भारतीय सीमा नाकाबाट आउने यात्रुमाथि बढी निगरानी गरिने बताइएको छ । कोरोनाको त्रास बढेपछि बसमा यात्रा गर्नेहरुको सख्या ५० प्रतिशतले कमी आएकाे अध्यक्ष खरेलले बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया