बुटवलमा ४० बेडको आइसोलेसन तयार , ५ जनाको रिर्पोट 'नेगेटिभ'

 चैत १०, २०७६ सोमबार १०:५७:८ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - बुटवलमा ४० बेड क्षमताको कोरोना विशेष आइसोलेसन अस्पताल तयार भएको छ । 

बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको सहकार्यमा बुटवलको धागो कारखाना भवनमा अस्थायी अस्पताल तयार गरिएको हो । 

भेन्टिलेटर सुविधासहित २ कोठामा ४० बेड तयार भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना उपचार फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो ।

अस्पतालबाहिर नेपाली सेनाले निर्माण गरेको टेण्टमा पनि बेडहरु राखिएका छन् । अस्थायी आइसोलेसन अस्पतालमा लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक र प्राविधिकसहित १५ जना स्वास्थ्यकर्मी खटाइने मेडिकल सुपरीटेण्डेण्ट डाक्टर राजेन्द्र खनालले बताउनुभयो । 

अस्पताल बनाउन नेपाली सेना र नेपाल प्रहरीले तीन दिन श्रमदान गरेका थिए । यसैबीच प्रादेशिक अस्पताल बुटवलबाट कोरोना संक्रमणको आशंकामा काठमाण्डौको टेकु अस्पतालमा नमुना परीक्षणका लागि पठाइएका पाँच जनाको रिर्पोट 'नेगेटिभ' आएको अस्पतालले बताएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया