अर्घाखाँचीमा ५ जना आइसोलेसनमा, ४८ जना क्वरेण्टीनमा

 चैत १८, २०७६ मंगलबार १०:९:१३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीमा ५ जना आइसोलेसन र ४८ जना क्वरेण्टीनमा रहेका छन् ।  

सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले ५ जना आइसोलेसन, ३५ जना क्वरेण्टीन र १३ जना होम क्वरेण्टीनमा बसेको बताउनुभयो ।  

अर्घाखाँचीबाट अहिलेसम्म ७ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । कोरोनाको आशङ्कामा उनीहरुलाई नमुना सङ्कलनको लागि प्रादेशिक अस्पताल पठाइएको हो ।

स्वाब परीक्षणमा ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ जनाको रिपोर्ट आउन बाँकी रहेको अर्घाखाँची जिल्ला अस्पतालले जनाएको छ । 

सात जनामध्ये एक जनाको स्वाब नलिई फिर्ता पठाइएको जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनुभयो । 

यसैबीच जिल्लाका स्थानीय सरकारहरु क्वरेण्टीन निर्माणमा जुटेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सबै स्थानीय निकायमा क्वरेण्टीन निर्माण गर्ने निर्णय भएपछि स्थानीय सरकारहरु क्वरेण्टीन निर्माणमा जुटेका हुन् । 

अहिलेसम्म ६ स्थानीय सरकारको पहलमा ४ सय ५७ क्वरेण्टीन निर्माण भइसकेको छ । प्रत्येक वडामा क्वरेण्टीन निर्माणमा उनीहरु जुटेका छन् । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया