मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

 चैत १९, २०७६ बुधबार १९:५४:२६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिका ९ रजैयामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान भएको छ ।

दुर्घटनामा परेर मोरङ जिल्ला हरैचा नगरपालिका ८ बस्ने बिन्दा घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजन पाठकले जानकारी दिनुभयो । 

उहाँका अनुसार मोटरसाइकल चालक लिलामणि घिमिरे भने हेटौ‌ँडा ११ मा रहेको चुरेहिल हस्पिटलमा उपचाररत हुनुहुन्छ । घिमिरे दम्पती सवार मोटरसाइकल दिउँसो चितवनबाट हेटौ‌ँडातर्फ आउँदै गर्दा दुर्घटना भएको थियो ।

ना ६३ प ५६९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको नालीमा खसेको प्रहरीले जानकारी दिएको छ ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया