कोभिड-१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न सबैमा महासङ्घको अपिल

 चैत २४, २०७६ सोमबार १४:४७:१९ | रासस
unn.prixa.net

काठमाण्डौ - नेपाल पत्रकार महासङ्घले कोभिड-१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न सिङ्गो सञ्चार क्षेत्रलाई अपिल गरेको छ। 

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रेस विज्ञप्ति निकालेर कोभिड-१९ नियन्त्रणमा सञ्चार क्षेत्रलाई संयोजन र समन्वय गर्न लागि महासङ्घ केन्द्रीय समिति मातहतका सबै तहलाई आग्रह गर्नुभएको हो । 

महासङ्घले कोरोना नियन्त्रणमा तीनवटै तहका सरकार, राज्यका सबै निकाय, सबै राजनीतिक दल, नागरिक सङ्घसंस्था, पेशाकर्मी, व्यवसायीलाई एउटै मिसनमा लाग्न आह्वान गरेको छ ।   
    
जटिल अवस्थामा पनि अनेकौँ समस्यासँग जुधेर आफूलाई निरन्तरता दिइ जोखिम मोलेर सूचना तथा समाचार सामग्री प्रवाह गरिरहेका सञ्चारमाध्यमको हकमा प्याकेजमै योजना बनाएर प्रोत्साहन गर्न महासंघको आग्रह छ । 

सबै सञ्चारमाध्यमबाट कोरोना सङ्क्रमण हुन नदिन जनचेतनामूलक सन्देश र सूचना प्रवाहका लागि सहकार्य गर्नुपर्नेमा पनि महासङ्घको जोड छ । 
    
अफवाह फैलन नदिन तथा कसैले अफवाह फैलाएमा त्यसलाई तत्काल रोक्नका लागि र पुष्टि भएका एवं तथ्यमा आधारित समाचार सामग्री मात्र प्रवाह गर्न महासंघको आग्रह छ ।  

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया