कास्कीको क्वरेण्टीनमा बसेका ३६ जना घर फर्किए

 चैत २७, २०७६ बिहिबार १६:९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की -  कास्कीका विभिन्न पालिकाले सञ्चालन गरेको क्वरेण्टीनमा रहेका ३६ जनालाई घर पठाइएको छ ।

 गण्डकी प्रदेश सरकारको मातहतमा रही बनाइएका क्वरेण्टीनमा बसेकाहरुमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएपछि उनीहरुलाई घर पठाइएको हो ।

विदेशबाट आएका १६ जनालाई पोखराको मालेपाटनमा रहेको कृषि तालिम केन्द्रको क्वरेण्टीनमा राखिएको थियो । त्यसैगरी रुपा गाउँपालिकाको क्वरेण्टीनमा २० जना रहेका थिए ।

१४ दिनसम्म क्वरेण्टीनमा राख्दा पनि कोरोनाको कुनै लक्षण नदेखिएपछि आ-आफ्नो घर पठाइएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

उनीहरुलाई अझै एक हप्ता होम क्वरेण्टीनमा बसेर चिकित्सकको सल्लाह लिन आग्रह गरिएको शर्माले बताउनुभयो । उहाँले होम क्वरेण्टीनमा बसेकाहरुमा पनि सङ्क्रमणको लक्षण नदेखिएको जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया