कोरोना परीक्षणकाे दायरा बढ्याे, सात दिनदेखि नयाँ सङ्क्रमित भेटिएनन्

 चैत २९, २०७६ शनिबार १७:४२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले सात दिन यता कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित नयाँ बिरामी नभेटिएको जनाएको छ । नेपालमा अहिलेसम्म ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

सङ्क्रमितमध्ये आठ जनाकाे विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

अहिले काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई जना, बाग्लुङमा दुई र सेती प्रादेशिक अस्पतालमा चार जना कोरोना सङ्क्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । 

उहाँले विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई परास्त गर्न सबैको सहयोग आवश्यक रहेकाले लकडाउनको पालना गरी स्वास्थ्यमा केही समस्या देखिए स्वास्थ्य जाँच गराउन आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार सरकारले देशैभर कोरोना परीक्षणको दायरा बढाएको छ । अहिलेसम्म चार हजार चार सय २६ जनाको नमुना परीक्षण गरिएकाे छ । पछिल्लो २४ घण्टामा आठ सय ९७ जनाको नमुना परीक्षण भएको छ ।

यस्तै अहिले देशभर आठ हजार ८२ जना क्वरेण्टीनमा छन् । काठमाण्डाैमा १५ जना र उपत्यकाबाहिर ६७ जना गरी अहिले ८२ जनाको आइसोलेशनमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया