स्वास्थ्य सामान खरिद प्रकरणमा छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग

 चैत ३०, २०७६ आइतबार १६:३५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोभिड–१९ को प्रकोपबाट जोगिन गरिएको स्वास्थ्य सामान खरिद प्रकरणमा भ्रष्टाचार भएकाे भन्ने विषयमा छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले माग गरेको छ ।

आपत्कालीन संवेदनशीलताको दुरुपयोग गर्दै राजनीतिक नेतृत्व तहकै संलग्नतामा स्वास्थ्य सामग्रीको खरिद क्रममा कमिसनखोरसँग साँठगाँठ गरी राज्यकोषको अपचलन गर्ने प्रयास भएको भन्दै प्रकरणको छानबिन गर्न माग गरिएकाे हो । 

संस्थाका अध्यक्ष खेमराज रेग्मीले पटक-पटक बिचौलियाको मिलोमतोमा राज्यकोषको ठूलो रकम अपचलन गरिरहेको भन्दै यसको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ । 

विज्ञप्तिमा राष्ट्रिय सङ्कटको बेलामा स्वास्थ्य सामग्री खरिद भ्रष्टाचार प्रकरणमा संलग्न राजनीतिक नेतृत्व तह समेतका सबै पदाधिकारीहरूमाथि आवश्यक अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ । 

अनियमितताका बारेमा सञ्चारमाध्यम एवं नागरिक तहबाट बराबर सचेत गराइरहँदा पनि सरकारले उनीहरूको आवाजको उपेक्षा गर्दै उनीहरूलाई सरकार विरोधीको रुपमा चित्रित गर्ने गरिएको विज्ञप्तिमा उल्लेख छ । 

नागरिक आवाजको उपेक्षा गर्ने देश निरङ्कुशतातर्फ उन्मुख हुने तथा निरङ्कुशताले सुशासनको धज्जी उडाउनुका साथै लोकतन्त्रको भविष्य पनि धरापमा पार्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले उल्लेख गरेकाे छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया