अर्घाखाँचीमा बाहिरी जिल्लाको तरकारी, मासु र अण्डा आयातमा प्रतिबन्ध

 बैशाख ८, २०७७ सोमबार १३:३४:२ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँची जिल्लामा बाहिरी जिल्लाका तरकारी, फलफुल, मासु र अण्डाको आयातमा  प्रतिबन्ध लगाइएको छ । 

कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिमबाट बच्न र बचाउन भन्दै अन्तर जिल्लाबाट हुने तरकारी, दूधजन्य पदार्थ, मासुजन्य पदार्थको खरिद तथा बिक्रीमा रोक लगाएको हो ।  

व्यापारीहरुले तराईका जिल्लाको नाम दिँदै भारतबाट तरकारी, फलफुल, मासु र अण्डा जिल्ला भित्र्याएर बेच्ने गरेका कारण कोरोना भित्रने भन्दै सन्धिखर्कमा बसेको सर्वपक्षीय बैठकले खरिद बिक्रीमा  प्रतिबन्ध लगाएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताउनुभयो  । 
अर्घाखाँची जिल्लाका सांसदहरूले कोरोना भाइरस नियन्त्रण र जिल्लाको अवस्थाबारे बारे जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुसँग बैठक गरेर निर्णय गरेको हो ।

छलफलमा अर्घाखाँचीमा कोरोना भाइरस नियन्त्रणको निम्ति गरिएका प्रयासहरु,स्वास्थ्य सामग्रीको अवस्था,दैनिक उपभोग्य सामाग्रीको सहज आपूर्ति , विकास निर्माणलगायतका विषयमा छलफल भएको प्रदेश सांसद चेतनारायण आचार्यले बताउनुभयो ।

छिमेकी देश भारत र नेपालको सीमा नाकाहरुमा रहेका जिल्लावासीहरुको स्वास्थ्य उपचार  र गाँसबासको उचित प्रबन्ध गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया