गुल्मीमा कृषि एम्बुलेन्स सेवा सुरु

 बैशाख ९, २०७७ मंगलबार ८:५७:५२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीमा मंगलबारदेखि कृषि एम्बुलेन्स सेवा सुरु गरिएको छ । 

लकडाउनको समयमा किसानले उत्पादन गरेका कृषि उपजका वस्तुहरुको खरिद तथा बिक्री वितरणका लागि कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लामा मंगलबारदेखि तीन वटा कृषि एम्बुलेन्स  सेवा सुरु गरेको हो । 

कृषि तथा सहकारी मन्त्रालयको निर्देशन अनुसार किसानले उत्पादन गरेका अतिआवश्यक र चाँडो चन्दा चाँडो बिग्रने कृषि उपजहरुलाई कृषि एम्बुलेन्समार्फत सबन्धित ठाउँमा ढुवानी गरिदिने व्यवस्था गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले बताउनु भयो । 

गुल्मीमा सुरु गरिएका कृषि एम्बुलेन्सहरुमा सत्यवती गाउँपालिका अन्र्तगत नयाँ अभियान कृषि सहकारी संस्था, रेसुंगा नगरपालिका अन्र्तगत मैत्री  वहुउद्देश्यीय सहकारी संस्था र कृषि ज्ञान केन्द्रको गरी तीनवटा रहेका छन् । 

मंगलबार रेसुंगा नगरपालिका दशका कृषक विनोद कुँवरले उत्पादन गरेका कृषि उपजहरु बिक्रिका लागि बुटवल पठाएर कृषि एम्बुलेन्सको सुरुवात गरियोे । 
लकडाउनको समयमा कृषकहरुले उत्पादन गरेका वस्तुहरु बजारसम्म पुराउन समस्या परेको अवस्थामा जिल्लामा ज्ञान केन्द्रले कृषि एम्बुलेन्स सेवा सुरु गर्न थालेसँगै यस क्षेत्रका किसानहरुमा समेत खुशी थपिएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया