लमजुङका पालिकाहरुले अलपत्र परेका मजदूरलाई घर पठाउँदै

 बैशाख १०, २०७७ बुधबार २०:२४:५२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङका केही पालिकाहरुले अन्यत्रबाट आफ्नो क्षेत्रमा आई ज्याला/मजदूरी गर्दै आएकाहरुलाई घर पठाउन थालेका छन् । 

लमजुङको राइनास नगरपालिकाले लकडाउनका कारण अलपत्र परेका  ४२ जना मजदूरलाई घर पठाएको छ । विभिन्न जिल्लाबाट यस ठाउँमा आएर ज्याला मजदूरी गरेका र लकडाउनका कारण अलपत्र परेका ४२ मजदूरलाई नगरपालिकाको सहयोगमा बुधबार घर पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दाङका ७, सल्यानका १३ र रुकुमका २२ गरी ४२ जना मजदूरलाई घर पठाइएको हो । यसैगरी सुन्दर बजार नगरपालिकाले पनि आफ्नो दुई वटा नगर बसमा मंगलबार साँझ मजदूरहरुलाई घर पठाएको छ ।

देशका विभिन्न जिल्लाबाट यस क्षेत्रमा आएर मजदूरी गर्दै आएका र लकडाउन कारण अलपत्र परेका र घर जान चाहेका ९६ मजदूरलाई घर पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूडामणि शर्मा गौतमले जानकारि दिनुभयो । 

उहाँका अनुसार दाङ, सल्यान, सुर्खेत, चितवन, रुकुमका मजदूरलाई घर पठाइएको हो । यसअघि नगरपालिकाले आफ्नो नगर बसमा ६४ जना मजदूरलाई सल्यान पठाएको थियो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया