केमिकल अभाव भएपछि भैरहवामा पीसीआर परीक्षण रोकियो

 बैशाख २२, २०७७ सोमबार ८:३१:५६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभाव भएपछि परीक्षण रोकिएको छ । केमिकल अभाव भएपछि कोभिड १९ को पीसीआर परीक्षण रोकिएको प्रदेश जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाक्टर राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

रुपन्देहीको कोटहीमाईमा भेटिएका कोरोना भाइरस सङ्क्रमितको परिवारका १० जनाको पीसीआर परीक्षण गरेपछि केमिकल सकिएको हो । उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको छ ।

गएकाे चैत २३ गतेदेखि सञ्चालनमा आएको प्रयोगशालामा अहिलेसम्म तीन सय ३४ जनाको कोरोना परीक्षण भएको छ । डाक्टर गिरीका अनुसार तत्कालका लागि पाँच सय किट माग गरिएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया