अर्घाखाँची : पशुपालन फर्ममा चट्याङका कारण आगलागी हुँदा १५ लाखको क्षति

 बैशाख २८, २०७७ आइतबार १२:२०:३१ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - सन्धिखर्क नगरपालिकामा रहेको एक पशुपालन फर्ममा चट्याङ परेर आगालागी हुँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । 

आइतबार बिहान ४ बजेतिर परेको चट्याङले सन्धिखर्क नगरपालिका वडा नम्बर १० बेलटारीमा रहेको त्रिकन्या गौरी कृषि तथा पशुपंक्षी पालन फर्ममा आगालागी भएको फर्मका सञ्चालक बाबुराम पाण्डेले बताउनु भयो । 

आगालागीमा परेर एउटा जर्सी गाई मरेको र ९ वटा जर्सी गाई घाइते भएक छन् । घाइतेमध्ये चार गाईको अवस्था गम्भीर रहेको उपचारमा संलग्न पशु प्राविधिक प्रदिप आचार्यले बताउनु भयो । 

आगलागीमा जेनेरेटर, कुटानी पिसानी मिल, चापकटहर लगायतका मेसिनरी सामग्रीसहित दानाको गोदाम, गाई भैँसीलाई खुवाउने पराल, खर लगायत, फर्मका अन्य सामग्री जलेर नष्ट हुँदा १५ लाख भन्दा बढीको क्षति भएको फर्म सञ्चालक पाण्डेको दावी छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया