मलेसियामा कोरोना सङ्क्रमित १३ जना नेपाली निको भए

 जेठ ४, २०७७ आइतबार १३:४६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौं – मलेसियामा कोरोना सङ्क्रमित १३ जना नेपाली निको भएका छन् ।

मलेसियामा अहिलेसम्म ५५ जना नेपालीमा कोरोना सङ्क्रमण भएकोमा १३ जना निको भएर काममा फिरेका मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी ४२ जना पनि निको हुने चरणमा रहेका छन् । सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ ।

यस्तै दूतावासले नियमित सेवा सुरु गरेको छ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै कन्सुलर सेवा बन्द गरेको भए पनि अहिले दूतावासले नियमित कन्सुलर सेवा सुरु गरेको छ ।

पासपोर्ट बनाउने, बनेको पासपोर्ट दिने लगायतका काम सुरु भएको छ । मलेसियन सरकारले लकडाउन खुकुलो बनाउँदै उद्योग तथा कार्यालयहरु खुलाएकाले दूतावासले पनि आफ्नो नियमित काम सुरु गरेको हो ।

यस्तै मलेसियामा ६ हजार नेपालीले दूतावासमा आफ्नो विवरण टिपाएका छन् । जसमध्ये आधी जतिले स्वदेश फर्कन इच्छा देखाएका र बाँकीले आफ्नो अवस्थासहितको विवरण टिपाएका राजदूत पाण्डेले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया