लेक सारिँदै लमजुङका घुम्ती गोठ

 जेठ ६, २०७७ मंगलबार १६:११:२५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङका किसानहरुले घुम्ती गाेठ (भेडीगोठ, भैंसीगोठ) बिस्तारै लेक सार्न थालेका छन् । चिसो मौसममा बेसी झरेका घुम्ती गोठहरु गर्मी मौसम सुरु भएसँगै लेक सार्न  थालिएका हुन् ।

यतिबेला बेसीमा गर्मीका साथै पशुको लागि आवश्यक घाँसको अभाव हुने भएकाले घुम्ती गोठहरु किसानले लेकतिर सार्न थालेकाे भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डाक्टर रुपेश श्रेष्ठले बताउनुभयो ।

'भदौ-असोजमा बेसी झरेका घुम्ती गोठहरु किसानहरुले चैत महिनादेखि नै माथि (लेक) सर्न थालेका छन्', उहाँले भन्नुभयो, 'तुलनात्मक रुपमा बेसीमा भन्दा माथिल्लो भेगमा चिसो हावापानी हुन्छ भने पशुको लागि घाँस पर्याप्त हुन्छ।' 

घुम्ती गोठहरु झण्डै चार हजार मिटर उचाइसम्म पुग्छन् । उहाँका अनुसार लमजुङमा साना-ठूला गरी दुई सय भेडीगोठ र एक सय घुम्ती भैँसीगोठ गरी तीन सयको हाराहारीमा घुम्ती गोठहरु रहेका छन् । घुम्ती गोठबाट किसानहरुले वार्षिक लाखौँको आर्थिक कारोबार गर्छन् ।

'साना घुम्ती गोठको वार्षिक कारोबार ४-५ लाख र ठूला गोठको कारोबार वार्षिक २० लाखसम्म हुन्छ', उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया