कोरोना सङ्क्रमित पुरुषलाई थप उपचारको लागि सुर्खेत लगियो

 जेठ ९, २०७७ शुक्रबार २०:२०:८ | अमर सुनार
unn.prixa.net

दैलेख – उपचारमा लापर्वाही भएको भन्ने व्यापक जन दबावपछि सदरमुकाममा राखिएका कर्णालीका पहिला कोरोना सङ्क्रमित पुरुषलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ ।

कोरोना सङ्क्रमित पुरुषलाई आइसोलेशन वार्डबाट सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड इञ्चार्ज थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

गएको जेठ १ गते लक्ष्मी मावि सात्तलाको क्वरेण्टीनमा पीसीआर परीक्षणमा कोेरोना पुष्टि भएपछि मङ्गलबार सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा रहेको आइसोलेशन वार्डमा राखिएका आठबीस नगरपालिका १ सात्तलाका ३५ वर्षीय ती पुरुषलाई चौथो दिन सुर्खेत लगिएको हो ।  

भेन्टिलेरसहित उपकरण हुनुपर्ने र मापदण्ड पूरा नगरेको नाम मात्रको आइसोलेशन वार्डमा आकस्मिक उपचार गर्नुपरे समस्या हुने भन्दै जनप्रतिनिधि, राजनीतिक नेतृत्व र नागरिक समाजको चौतर्फी दबावपछि शुक्रबार सुर्खेत पठाइएको हो । 

कर्णालीकै पहिलो सङ्क्रमितलाई उपचारमा लापर्वाही भइरहेको भन्दै प्रतिनिधि सभाकी सदस्य पार्वती बिसुन्केले शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर आग्रह गरेपछि मन्त्रीको निर्देशनमा ती सङ्क्रमितलाई दैलेखबाट सुर्खेत पठाइएको हो ।  
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया