साेती घटना : कुटपिटबाट दुई जनाकाे ज्यान गएकोप्रति नेकपा रुकुमको ध्यानाकर्षण, छानबिन समिति गठन

 जेठ १२, २०७७ सोमबार ९:२२:४७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - शनिबार बेलुका रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, सोतीमा भएको घटनाका सम्न्धमा नेकपा पश्चिम रुकुमले गम्भीर ध्यानाकर्षण भएकाे जनाउँदै समिति गठन गरेको छ ।

घटना सम्बन्धमा पार्टीको तर्फबाट सत्यतथ्य वुझ्न र अनुसन्धानमा सहयोग गर्न पार्टीको प्रदेश कमिटी सदस्य चन्द्रबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा प्रदेश समिति सदस्य पुस्प वादी र जिल्ला कमिटी सदस्य भिमा थापा सदस्य रहनुभएको छ ।

                                    मृतकहरु

घटनाबारे सत्य तथ्य बुझ्न पार्टीका तर्फबाट समिति बनाउँदै जाजरकोटबाट आएका युवा र स्थानीयबीच भएको झडपबाट उत्पन्न घटनाप्रति दु:ख पनि व्यक्त गरेको छ ।

नेकपा पश्चिम रुकुमका अध्यक्ष गोपाल शर्माले विज्ञप्ति निकालेर प्रेम सम्बन्ध र विवाह प्रसंगका कारण भएको भनिएको अकल्पनीय एवं निन्दनीय घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्न स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको बताउनु भएको छ ।

विज्ञप्तिमा घटनाका क्रममा बेपत्ता रहेका व्यक्तिहरुको तत्काल खोजीकार्य तथा उद्धारको लागि पनि स्थानीय सरकार, प्रशासन तथा सुरक्षा निकायलाई अनुरोध गरिएको छ।

घटनामा परेका जाजरकोट जिल्ला भेरी नगरपालिका- ४, रानागाउँका नवराज विक र चौरजहारी नगरपालिका-१ का टीकाराम विकको शव भेरी नदी किनारमा भेटिएको छ भने ४ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया