अर्थमन्त्रीको दाबी : 'दातृ निकायले विश्वास गरेका छन्, अनुदान र ऋणमा समस्या हुन्न'

 जेठ १९, २०७७ सोमबार १३:१४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाको महामारीपछि विदेशी दातृ निकायले नेपाललाई झनै विश्वास गरिरहेको बताउनुभएको छ ।

मन्त्री खतिवडाले बजेटमा उल्लेख भएअनुसारको ऋण तथा अनुदान प्राप्त गर्न सकिने दावी गर्नुभएको छ । बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले वैदेशिक ऋण र अनुदानमा कमी आउने सम्भावना नरहेको बताउनुभयो ।

‘कोभिडको संक्रमण जोखिम बढ्दै जाँदा अन्तर्राष्ट्रिय दातृ निकायको अत्यन्तै राम्रो प्रतिक्रिया आएको छ ।  सोमबार बिहान मात्रै बजेट सहायताको लागि एसियाली विकास बैंकसँग कुरा भयो । ३० अर्ब रुपैयाँको सहमति भएको छ । बजेट सहायतामा एउटै संस्थाले यति छोटो अवधिको कुराकानीमा यति धेरै रकम दिएको विरलै पाइन्छ’, खतिवडाले भन्नुभयो । 

यस्तै विश्व बैंक, यूरोपेली  इन्भेष्मेन्ट बैंक र अरु संस्थाले पनि थप सहयोग गर्ने प्रतिवद्धता जनाएको उहाँले दावी गर्नुभयो । ‘बजेटमा भएको वैदेशिक स्रोत सहमति र सम्झौताका आधारमा उल्लेख भएको हो’, मन्त्री खतिवडाले भन्नुभयो । 

आर्थिक वर्ष २०७७/७८ को  बजेटमा २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण लिने र ६० अर्ब ५२ करोड रुपैयाँ अनुदानमार्फत आउने उल्लेख छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया