अछाममा काेराेना सङ्क्रमितकाे सङ्ख्या १३ पुग्याे, ६ हजारभन्दा धेरै क्वरेण्टीनमा

 जेठ २४, २०७७ शनिबार २०:१३:११ | चन्द्र थापा
unn.prixa.net

 अछाम – अछाममा शनिबार थप एक जना महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

अछामको मङ्गलसेन नगरपालिका १ कुन्तिवण्डालिकी ५२ वर्षीया महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएकाे हाे । याेसँगै अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ । 

सेती अञ्चल अस्पतालको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उहाँकाे पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । उहाँसँगै अन्य आठ जनाको स्वाब सङ्कलन गरी सेती प्रादेशिक अस्पताल धनगढी पठाइएकोमा उनीहरुकाे भने रिपाेर्ट नेगेटिभ आएको स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीले बताउनुभयाे ।

उहाँलाई थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याइएको छ ।

अछाममा अहिले ६ हजार ६ सयभन्दा बढी नागरिक क्वरेण्टीनमा बसिरहेका छन् । भारतसहित देशको विभिन्न जिल्लाबाट आएका ६ हजार ६ सय २८ जना क्वरेण्टीनमा बसिरहेका हुन् । जिल्ला प्रशासन कार्यालयको शनिबारसम्मकाे तथ्याङ्क अनुसार आजसम्म पाँच हजार पाँच सय ५६ जना पुरुष र एक हजार ७२ जना महिला क्वरेण्टीनमा बसिरहेकाे सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी नन्दकिशोर यादवले बताउनुभयो ।

दिनहुँ अछाम भित्रनेकाे सङ्ख्या बढेसँगै क्वरेण्टीन पनि थपिँदै गएकाे उहाँले जानकारी दिनुभयाे । अहिलेसम्म आठ हजार आठ सय ८६ जना अटाउने गरी जिल्लामा दुई सय दुई क्वरेण्टीन स्थल बनाइसकिएको यादवले बताउनुभयो ।

जिल्ला अस्पताल र बयलपाटा अस्पतालमा गरी ३० शय्याकाे आइसाेलेशन भएकोमा अहिले १८ जना पुरुष र २ जना महिला आइसाेलेशनमा रहेका छन् ।  

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया