कालीकाेट : टिप्पर दुर्घटनाकाे प्रमुख कारण 'चालककाे लापर्वाही'

 जेठ २९, २०७७ बिहिबार १२:६:४५ | राजु लामिछाने
unn.prixa.net

फाइल फोटो

कालीकाेट – कालीकाेटमा हिजाे भएकाे दुर्घटनाकाे कारण टिप्पर चालककाे लापर्वाही भएकाे खुलेकाे छ । 

क्वरेण्टीनमा राख्न लैजाने क्रममा साँघुराे ठाउँमा स्थानीयवासीले चालकसँग विवाद गरेपछि चालक गाडी नै बन्द नगरि हिँडेपछि टिप्पर कर्णाली नदीमा खसेकाे डीएसपी श्यामबाबु ओलियाले बताउनुभयाे । दुर्घटनापछि भागेका चालक रास्कोट नगरपालिका ८ का रंगनाथ धमालालाई प्रहरीले सान्नीगाडबाट पक्राउ गरेको थियाे ।  

टिप्पर कर्णालीमा खस्दा तीन जनाको ज्यान गएको छ । हराइरहेका दुई जनाको खोजी भइरहेको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईँले जानकारी दिनुभयो ।

भारतबाट घर फर्किएका ३९ जनालाई क्वरेण्टीनमा पुर्‍याउन लालीघाट बजारबाट रास्कोट नगरपालिकाका लागि छुटेको टिप्पर कर्णाली नदीमा खस्दा घाइते भएका ६ जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया