बिहीबार थप २५० जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ४ हजार ६१४ पुग्यो

 जेठ २९, २०७७ बिहिबार १६:३१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा बिहीबार थप दुई सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा दुई सय ३० जना पुरुष र २० जना महिला गरी दुई सय ५० जनामा कोरोना पोजिटिभ भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ६ सय १४ पुगेको छ । यस्तै एक सय ८७ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या आठ सय ६१ पुगेको छ ।

अहिलेसम्म एक लाख १५ हजार नौ सय ३० जनाको पीसीआर र एक लाख ७८ हजार एक सय ४३ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा मात्रै पाँच हजार एक सय ९४ जनाको पीसीआर र पाँच हजार दुई सय ६३ जनाको आरडीटी परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार एक लाख ६२ हजार १३ जना क्वरेण्टीनमा र तीन हजार सात सय ३८ जनालाई आइसोलेशनमा राखिएको छ ।

कोरोना सङ्क्रमणका कारण नेपालमा अहिलेसम्म १५ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया