मलेसियाबाट घर फर्कने सूचीमा पर्नुभएको छ ? यी ठाउँमा गएर कोरोना जाँच गराउनुहोस्

 जेठ २९, २०७७ बिहिबार १७:३८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियाबाट स्वदेश फर्कने सूचीमा पर्नुभएको छ भने कोरोना जाँच गराइहाल्नुहोस् । मलेसियामा रहेको नेपाली दूतावासले विभिन्न क्षेत्र अनुसार कोरोना जाँच गर्ने केन्द्रहरु तोकेको छ ।

क्वालालाम्पुर र सेलाङ्गरमा कोरोना जाँच गर्नका लागि दूतावासले २८ वटा क्लिनिक तथा अस्पतालको सूची सार्वजनिक गरेको छ । यस्तै जोहर क्षेत्रका लागि आठ र मेलाका क्षेत्रका लागि तीन, नेगेरी सेम्बिलान क्षेत्रका लागि चार, पेनाङ क्षेत्रका लागि पाँच, सेर्लिस क्षेत्रका लागि क्षेत्रमा एक, पेराक क्षेत्रमा चार, सभा क्षेत्रमा चार र सारवाक क्षेत्रमा चार वटा कोरोना जाँचका लागि क्लिनिक तथा अस्पतालहरु तोकिएको छ । यसबाहेक आफूलाई पायक पर्ने ठाउँमा पनि जाँच गराउन सकिन्छ ।

हेर्नुहोस् कोरोना जाँच गराउने केन्द्रको सूची

नेपालले विदेशबाट घर फर्कने नेपालीको साथमा सात दिनभित्रको कोरोना जाँच पीसीआर अथवा आरटीडी नेगेटिभ भएको रिपोर्ट साथमा हुनुपर्ने नियम छ । यस नियमअनुसार कोरोना जाँच गराउन दूतावासले अनुरोध गरेको हो । यसरी जाँच गर्दा लाग्ने शुल्क आफैंले तिर्नुपर्छ । मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १, ४, ६ र ७ गते क्वालालाम्पुरदेखि काठमाण्डौ चार्टर्ड उडान हुँदैछ ।

नेपाल सरकारले तोकेको प्राथमिकतामा परेका एक हजार ५ जनाको सूची सार्वजनिक गर्दै मलेसियामा रहेको नेपाली दूतावासले स्वदेश फिर्तीको लागि टिकट लिन सूचना जारी गरिसकेको छ ।

जुन १५ अर्थात असार १ गते नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले पहिलो चार्टर्ड उडान गर्नेछन् । ५२० अमेरिकी डलर अर्थात २ हजार २२० मलेसियन रिंगिट भाडा तोकिएको छ ।

प्राथमिकतामा परेका एकहजार ५ जनाको सूची हेर्नुहोस् :

 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया