चिनियाँ सेनासँगको झडपमा भारतका तीन सैनिक मारिए

दुवै देशका सैन्य अधिकारीद्वारा वार्ता सुरु

 असार २, २०७७ मंगलबार १४:३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारत र चीनबीचकाे विवादित सीमा क्षेत्र लद्दाखमा भएको झडपमा तीन जना भारतीय सैैनिकको ज्यान गएको छ । भारतीय सेना र चिनियाँ सेनाबीचको झडपमा एक जना कर्णेल र तीन जना सैनिक मारिएको भारतीय सेनाले पुष्टि गरेको बीबीसीले जनाएको छ । 

पूर्वी लद्दाख क्षेत्रको चार विवादित ठाउँमध्ये गाल्वान उपत्यकामा भारतीय र चिनियाँ सैनिकको भिडन्त भएको भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । केही समयअघि भारतीय सञ्चार माध्यमहरुले दुवै देशका सैनिक अधिकारीबीच वार्तापछि चिनियाँ सेनाले सैनिकको सङ्ख्या घटाएको जनाएका थिए । 

झडपको विषयलाई लिएर दुवै देशले आ–आफ्नै दाबी गरेका छन् । भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएको कारण झडप भएको चिनियाँ पक्षले जनाएको छ । 

भारतीय सञ्चार माध्यमहरुले सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा भएको झडपमा सैनिक मारिएको बताएका छन् । यसअघि सन् १९७५ मा दुई देशका सेनाबीच अरुणाचलको तुलुङ लामा गोली चल्दा असम राइफल्सका चार जवानको ज्यान गएको थियो । 

त्यसअघि सन् १९६२ मा भारत र चीनबीच एक महिने युद्ध भएको थियो । यसैबीच भारतीय रक्षा मन्त्री राजनाथ सिंहले तीन वटै सेना प्रमुखसँग आकस्मिक बैठक बोलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिंहले जल, स्थल र वायुसेना प्रमुखहरुसँगको बैठक राखेका हुन् । बैठकमा विदेश मन्त्री एस जयशङ्कर पनि सहभागी भएका छन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया