नेपालमा कोरोनाबाट थप दुईको मृत्यु

 असार ४, २०७७ बिहिबार १७:१५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको कारण थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । दुवै जनाको उपचारको क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । 

स्वास्थ्यमा समस्या आएपछि ४६ वर्षीय पुरुष कैलालीकै नवजीवन अस्पतालमा भर्ना भएका थिए । गएको जेठ ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उहाँको असार ३ गते बेलुकी निधन भएको हो । 

यस्तै लम्कीचुहा नगरपालिकाकी महिलाको टाउकोमा चोट लागेपछि उपचारको लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । गएको जेठ ३१ गते अस्पताला भर्ना हुनुभएकी महिलाको असार २ गते सर्जरी गर्नुअघि नमुना सङ्कलन गरिएको थियो । उहाँको असार २ गते नै मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो । भेरी अस्पतालमा भएको परीक्षणमा असार ३ गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएको थियो । 

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया