सोती घटना : पक्राउ परेका सबैको बयान सकियो

 असार ४, २०७७ बिहिबार २२:५:११ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - गएकाे जेठ १० गते रूकुम पश्चिमको चौरजहारी नगरपालिका ८ साेतीमा भएको घटनाका प्रतिवादमध्ये पक्राउ परेका २९ जना सबैको बयान आज बिहीबार सकिएको छ ।

अधिवक्ता रामचन्द्र गौतमका अनुसार बिहीबार २९ जना प्रतिवादीको बयान सकिएको हो । सोती घटनामा ३४ जना प्रतिवादीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यसमा चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २९ जना पक्राउ परेका छन् ।

प्रतिवादीमध्ये ५ जना भने फरार छन् । यसअघि नै नवराजकी प्रेमिका भनिएकी १७ वर्षीया किशोरी र अर्का एक बालकको समेत थुनछेक बहस पूरा भइ उनीहरूलाई बाल सुधारमा राख्न आदेश भइसकेको छ ।

तीबाहेक वडाध्यक्ष, केटीका अभिभावकसहित अन्य २७ जनाको शुक्रबारदेखि थुनछेक बहस हुने भएको छ । जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । त्यही क्रममा ६ जनाको ज्यान गएको थियो ।

जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको उक्त घटनामा मृत्यु भएको छ । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Jpt

    June 18, 2020, 10:32 p.m.

    क़े हो अरु सब मा “ भगाएर” लान आको पढ़ेको तपैले त “ बिहे गरेर “ लान आको लेखनु भो त ?? सत्य कून हो ?? जानकारी पाऊँ न

  •  0 Reply

तपाईको प्रतिक्रिया