दाङ : वडाध्यक्षसहित थप १३ जनामा कोरोना पुष्टि

 असार ८, २०७७ सोमबार १७:१४:४८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङकाे घोराहीमा साेमबार एक जना जनप्रतिनिधिसहित १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिकाकाे एक वडाकाे अध्यक्षमा काेराेना सङ्क्रमण पुष्टि भएको हो । 

गएकाे जेठ २४ गते स्वाब सङ्कलन गरिएको र १६ दिनपछि रिपोर्ट आउँदा अध्यक्षमा पनि सङ्क्रमण देखिएको हो । यसैगरी वडा नम्बर २ दुई जना, वडा नम्बर ३ का दुई जना, वडा नम्बर ५ का एक जना र वडा नम्बर ६ का सात जनामा कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

योसँगै दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ४७ पुगेको छ । सङ्क्रमितमध्ये ४४ जना कोरोनामुक्त भएर घर फर्किएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया