अहिलेसम्म २ हजार १४२ जना कोरोना सङ्क्रमित उपचारपछि निको

 असार ८, २०७७ सोमबार २०:३२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा अहिलेसम्म दुई हजार एक सय बढी कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन सय ७० सङ्क्रमित उपचारपछि निको भएर डिस्चार्ज भएसँगै कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार एक सय ४२ पुगेको हो ।

त्यस्तै आज पीसीआर विधिबाट ६ हजार एक सय ९८ जनाको परीक्षण भएको छ । आजसम्म पीसीआर विधिबाट एक लाख ८१ हजार तीन सय ७१ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

यस्तै आरडीटी विधिबाट आज पाँच हजार नाै सय २९ गरी दुई लाख ६८ हजार एक सय तीन जनाको परीक्षण भएको छ । अहिले देशभरिका क्वरेण्टीनमा ९० हजार सात सय ३० जना रहेका छन् । सात हजार सात सय ८९ जनाको विभिन्न अस्पतालका आइसोलेशनमा उपचार भइरहेको छ ।

सोमबार नेपालमा ७४ महिला र चार सय ६१ पुरुष गरी पाँच सय ३५ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. गाैतमका अनुसार रसुवाबाहेक नेपालका ७६ जिल्लामा अहिलेसम्म नाै हजार पाँच सय ६१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । नेपालमा काेराेना सङ्क्रमणकाे कारण २३ जनाकाे मृत्यु भएकाे छ ।

 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया