दाङमा एकैदिन ७६ जनामा कोरोना सङ्क्रमण

 असार १०, २०७७ बुधबार १५:५९:८ | हेमराज शर्मा
unn.prixa.net

दाङ  – दाङमा बुधबार एकैदिन ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा दाङमा अहिलेसम्मकै धेरै ७६ जनामा कोरोना सङ्क्रमण देखिएको हो । 

यसको औपचारिक पुष्टि भने स्वास्थ मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा गर्नेछ । कोरोना सङ्क्रमित हुनेहरुमा बङ्गलाचुली गाउँपालिका २ का ४२ जना र घोराही उपमहानगरपालिकाका ३४ जना रहेका छन् । बङ्गलाचुी गाउँपालिकामा पाँच वर्षीय बालक र सात वर्षीया बालिकामा समेत कोरोना सङ्क्रमण देखिएको छ ।

त्यसैगरी घोराही उपमहानगरपालिका १ मा  २५ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु हर्नोक क्वरेण्टीनका रहेकाहरु हुन् । त्यस्तै घोराही ४ का चार जना, घोराही ५ का चार जना र घोराही १५ का एक जनामा कोरोना सङ्क्रमण देखिएको हो । उनीहरु पाँच वर्षदेखि ५७ वर्षसम्म रहेका छन् ।

यसैगरी प्युठानमा थप १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरु प्युठानको माण्डवी गाउँपालिका १ का दुई जना, २ का तीन जना, ३ का दुई जना, ४ का दुई जना र ७ का एक जना रहेका छन् । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया