स्याङ्जामा कोरोना सङ्क्रमित थप एक जनाको ज्यान गयो

 असार ११, २०७७ बिहिबार ७:३२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा – स्याङ्जामा कोरोना सङ्क्रमित एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको ज्यान गएको हो । असार ८ गते अस्पताल भर्ना भएका ५५ वर्षका पुरुषको गएराति ज्यान गएको प्रतिष्ठानले विज्ञप्ती निकालेर जानकारी दिएको छ । ती पुरुषमा कोभिड १९ सङ्क्रमणसँगै सिभियर निमोनिया, मधुमेह रोगको समेत समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

यो सहित स्याङ्जामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । यसअघि वालिङ ३ का ५८ वर्षका कोरोना सङ्क्रमितको पोखरामा उपचारका क्रममा ज्यान गएको थियो ।

गएराति ज्यान गुमाएका पुरुषको ज्यान गएकोबारे स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छैन । कोरोनाबाट गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या ७ सय ५३ पुगेको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया