पछिल्लो २४ घण्टामा ४ सय ७६ कोरोना सङ्क्रमित थपिए

 असार १५, २०७७ सोमबार १६:४७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  नेपालमा पछिल्लो २४ घण्टामा चार सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ  । 

एक सय १२ जना महिला र तीन सय ६४ गरी चार सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्त डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

आजसम्म एक हजार पाँच सय ८६ महिला र ११ हजार ६ सय ६२ पुरुष गरी १३ हजार दुई सय ४८ जनामा सङ्क्रमण देखिएको हो । 
मन्त्रालयका अनुसार सोमबार एक सय २१ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या २९ पुगेको छ । आजसम्म दुई सय ६६ महिला र दुई हजार आठ सय ६६ पुरुष गरी तीन हजार एक सय ३४ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा। देवकोटाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया