स्वास्थ्य मन्त्रालयकाे मापदण्ड पालना गर्नेहरु अब काठमाण्डाै भित्रन पाउने

 असार १५, २०७७ सोमबार १७:५०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वरेण्टीनमा बस्ने प्रतिबद्धतासहित पालिकाबाट सिफारिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्ड अनुसार पालिका, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वरेण्टीनमा बस्ने प्रतिबद्धतासहित उपत्यका भित्रिन दिने निर्णय सीसीएमसीले गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईँले स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १४ दिन होम क्वरेण्टीनमा बस्ने गरी पालिका र प्रहरीको सिफारिस लिएर आउन दिने निर्णय सीसीएमसीले गरेको हो । 

हवाई तथा स्थलमार्गबाट आउने सबैमा यो निर्णय लागू हुने उहाँले बताउनुभयो । सीसीएमसीले क्वरेण्टीनमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ । सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ । यस्तै विमानस्थलका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रतिव्यक्ति दुई जोरका दरले वितरण गर्ने पनि निर्णय गरेको छ ।

आमा र बच्चा नेपाली नागरिकताधारी र बुवा विदेशी पासपोर्ट भएकाहरुको भिसा सहजीकरणका लागि निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया