नेपालमा काेराेनाबाट थप एककाे मृत्यु, मृतककाे सङ्ख्या ३५ पुग्याे

 असार २२, २०७७ सोमबार १७:२९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाग्लुङका २९ वर्षीय पुरुषको कोरोनाकाे कारण मृत्यु भएको हो । बाग्लुङको निसिखोला गाउँपालिका ३ का २९ वर्षीय पुरुषको २१ गते क्वरेण्टीनमा मृत्यु भएको हो ।

भारतबाट क्षयरोगको उपचार गराएर फर्किनुभएका उहाँको ढोरपाटन नगरपालिकाको क्वरेण्टीनमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेकाे छ ।

सोमबार नेपालमा थप एक सय ८० जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार नाै सय ६४ पुगेको छ । काठमाण्डाै उपत्यकामा मात्रै सोमबार ५४ जना सङ्क्रमित थपिएका छन् । प्रवक्ता गौतमका अनुसार काठमाण्डाैमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा सङ्क्रमण देखिएको छ ।

सोमबार दुई सय ६४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । सोमबारसम्म सङ्क्रमणमुक्त भएर ६ हजार आठ सय ११ जना डिस्चार्ज भएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया