‘अहिलेकै अवस्थामा सार्वजनिक गाडी चलाउन सक्दैनौँ’

 असार २६, २०७७ शुक्रबार १८:३६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अहिलेकै अवस्थामा सार्वजनकि गाडी चलाउन नसकिने बताएको छ । 

सरकारले आवश्यक सुरक्षा अपनाएर छोटो दुरीका यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै महासङ्घले अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न नसकिने बताएको हो । 

महासङ्घको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले लकडाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लकडाउनपछिको किस्ताका लागि समय सार्नुपर्ने र ब्याज पुनर्विचार गर्नुपर्ने लगायतका माग पूरा नभएसम्म यातायात सञ्चालन नगर्ने निर्णय गरेको छ । 

लकडाउनको एक सय १० दिनसम्म पार्किङमा रहेका गाडी निकाल्दा सर्भिसिङमा मात्रै ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुने अवस्था भएकाेले पुनर्कर्जाकाे व्यवस्था गर्नुपर्ने महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताउनुभयो । चालक र सहचालकका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कोरोना बीमा गर्नुपर्ने उहाँले बताउनुभयो ।

भाडा बढाएर गाडी सञ्चालन गर्नु अहिलेको समस्यामा समाधान नभएकाेले दैनिक सञ्चालन खर्च उठ्ने र बैंक किस्ता तिर्न पुग्ने गरी उपदानको व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो ।

सरकारले जिल्लाभित्र मात्रै सञ्चालन गर्ने गरी सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तो अवस्थामा प्रचलित भाडादरमा ५० प्रतिशत बढी रकम लिन पाउने व्यवस्था पनि सरकारले गरेको थियो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया