समाजिक परिचालकहरुको पाँच दिने अल्टिमेटम, माग पूरा नभए आन्दोलन

 साउन १९, २०७५ शनिबार १९:१:५९ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – सामाजिक परिचालकहरुले दुई बुँदे माग पूरा गर्न प्रदेश नम्बर २ सरकारलाई पाँच दिने अल्टिमेटम दिएका छन् ।

नेपाल सामासिजक परिचालक कर्मचारी संघ प्रदेश नम्बर २ ले शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश २ सरकारलाई दुई बुँदे माग अघि सार्दै पाँच भित्र पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको हो ।

लामो समयसम्म नागरिकको सेवा गरे पनि गएको असारबाट प्रदेश नम्बर २ का ८ सय ५४ जना सामाजिक परिचालकलाई नेपाल सरकारले कामबाट निकालेको भन्दै उनीहरु पाँच दिन भित्र प्रदेश सरकारले माग पूरा नगरे आफूहरु कडा संघर्षमा उत्रिने चेतावनी दिएका हुन् ।

नेपाल सरकारको पूर्ण सेवा सुविधा उपलब्ध गराई अहिलेलाई कार्यालय सहायकमा म्याद थप गरी निरन्तरता दिनु पर्ने र योग्यताको आधारमा एक पटक उमेर हद नलाग्ने गरी दरबन्दी सृजना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्नु पर्ने लगायतका दुई बुँदे माग सामाजिक परिचालकहरुको छ ।

लोमो समय सामाजिक परिचालकमा कार्यरत्त आफूहरुलाई सरकारले कामबाट हटाउँदा उमेर हद लगायतका विभिन्न कारण रोजगारी पाउन समेत असम्भव भएकाले माग सम्बोधन नभए सडक संघर्ष लगायतको चरणबद्ध आन्दोलनको कर्यक्रम घोषणा गर्ने समाजिक परिचालक कर्मचारी संघ प्रदेश २ का अध्यक्ष शिवशंकर मेहताले चेतावनी दिनुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया