थप ११६ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुग्याे

 असार ३१, २०७७ बुधबार १६:४२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा पछिल्लाे २४ घण्टामा थप एक सय १६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

बुधबार थपिएकासँगै नेपालमा कोराना सङ्क्रमितको कुल सङ्ख्या १७ हजार एक सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा पाँच हजार ९० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

गएको २४ घण्टामा ६ सय ९७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै कोरोनाबाट निको भएर घर फर्किनेको सङ्ख्या ११ हजार २५ पुगेको छ ।

नेपालमा अहिलेसम्म कुल सङ्क्रमितको ६४ दशमलव २५ प्रतिशत सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा ६ हजार एक सय १४ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया