स्यार्पु तालमा डुबेर एक जनाको ज्यान गयो, एक बेपत्ता

 साउन ७, २०७७ बुधबार १५:४:१३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोटमा रहेकाे स्यार्पु तालमा डुबेर एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । 

बाँफिकोट गाउँपालिका ३ र ५ नम्बर वडामा फैलिएको तालमा बुधबार दिउँसो डुबेर त्यही गाउँपालिका ५ का २३ वर्षीय लोकबहादुर घर्तीको ज्यान गएकाे छ भने २० वर्षीय अनिल घर्ती बेपत्ता छन् । त्यही गाउँका २० वर्षीय शशी पुन भने बाहिर निस्कन सफल भएका छन् । अर्का १५ वर्षीय कमल विकलाई स्थानीय जेनिश पुरीले उद्धार गरेका थिए ।

उनीहरु चार जना बुधबार बिहान घरबाट बल्छी खेल्न भन्दै ५ नम्बर वडामा रहेकाे तालको सिरानमा पुगेका थिए । बल्छी खेल्न गएका उनीहरु पौडी खेल्न थालेका थिए । पौडी खेल्ने क्रममा अनिल घर्तीले 'बचाउ बचाउ' भनेपछि लोकबहादुर घर्ती उनलाई बचाउनकाे लागि तालमा पौडिएको घटनास्थलमै रहनुभएका ३ नम्बर वडाध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।  

स्यार्पु तालमा आउने खार खोलामा बढेको पानीले पौडने क्रममा चोट लाग्दा पानी खाएर उनीहरु तालमा बेपत्ता भएको बताइएको छ । बेपत्ता भएको केही समयमै लोकबहादुरको शव तालमै भेटिएको थियो भने डुङ्गामार्फत अनिलको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया