मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचार मुद्दामा दोषी ठहर

 साउन १३, २०७७ मंगलबार १४:४८:४५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक लाखाैँ डलर भ्रष्टाचार भएको एउटा मुद्दामा दोषी ठहर भएका छन् । 

यो मुद्दा वन–एम–डी–बी नामको एक सरकारी कोषसँग जोडिएको छ, जसलाई पूर्वप्रधानमन्त्री रजाकले आफ्नो प्रभावमा दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गरिएको हो ।   

पूर्वप्रधानमन्त्रीविरुद्ध यस्ता कम्तीमा तीन वटा मुद्दा चलिरहेको छ, जसमध्ये यो पहिलो मुद्दा हो, जसको फैसला आएको हो । 

मलेसियामा दुई वर्षअघि एक ऐतिहासिक चुनावमा मतदाताले नजिब रजाकलाई सत्ताबाट बाहिरको बाटो देखाइदिएका थिए । 

नजिब रजाक आफूमाथि लागेको आरोप अस्वीकार गर्छन् । 

तर अभियोजन पक्षले भने रजाकले सरकारी कोषबाट कम्तीमा एक कराेड अमेरिकी डलर आफ्नो खातामा ट्रान्सफर गरेको आरोप लगाएका छन् ।  
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया