विप्लव समूहका जिल्ला सेक्रेटरीसहित चार जना पक्राउ

 साउन २२, २०७७ बिहिबार ११:११:२१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चित - नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको (नेकपा)का रुकुम पश्चिम जिल्ला सेक्रेटरीसहित चार जना पक्राउ परेका छन् । 

गएराति जिल्ला सेक्रेटरी मन्जित भनेर चिनिने हीरामणि रावलसहित चारजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई आज जिल्ला सदरमुकाम ल्याउने प्रहरीको तयारी छ । 

पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालिका-६ का ने.क.पा. विप्लव समूहका जिल्ला सेक्रेटरी हिरामणि रावल (मन्जित), त्रिवेणी गाउँपालिका-५ का ने.क.पा. विप्लव समूहका जिल्ला सदस्य घमन्ड महर, त्रिवेणी गाउँपालिका-२ का अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहरा र त्रिवेणी गाउँपालिका-१ का ने.क.पा. विप्लव समूहका कार्यकर्ता तुलबहादुर घर्ती रहेका छन् । 

जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर-९ का एक होटलमा लुकिछिपी बसेका बेला आठबिसकोट प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर के.सी.ले जनाउनुभयो ।

 पक्राउ परेका चारै जनालाई आज जिल्ला सदरमुकाम ल्याएर आवश्यक कारबाही थालिने डिएसपी के.सी.ले बताउनु भयो । 
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया