वीरगञ्जमा २० वर्षीया युवतीमा मृत्युपछि काेराेना पुष्टि

 साउन २५, २०७७ आइतबार १३:२:४२ | केसी लामिछाने
unn.prixa.net

पर्सा – वीरगञ्जमा उपचार नपाएर ज्यान गुमाएकी २० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।   

वीरगञ्ज महानगरपालिका २ काे छपकैयाकी महिलाकाे उपचारकाे लागि कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि शुक्रबार राति ज्यान गएको थियो ।

नारायणी अस्पतालमा रहेको प्रयोगशालाको परीक्षण रिपोर्टअनुसार उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताउनुभयो ।

ती महिलालाई  पहिला वीरगञ्जको  एडभान्स अस्पताल, तराई अस्पताल, भवानी अस्पताल , वयोधा अस्पताल, नेशनल मेडिकल कलेज शिक्षण अस्पताल लगियो तर कुनै पनि अस्पतालले भर्ना गरेर उपचार गर्न नमानेको आफन्तले बताएका छन् । 

अन्तिममा नारायणी अस्पतालकै मातहतमा रहेको अस्थायी कोभिड वीरगञ्ज हेल्थ केयरमा समेत उपचार नभएको आफन्तको गुनासो छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया