भारतमा १५ दिनमै १० लाख नयाँ सङ्क्रमित थपिए

 भदौ ७, २०७७ आइतबार २०:२५:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ३० लाख ४४ हजार नाघेको छ । भारतमा आइतबार एकैदिन कोरोनाका ६९ हजार दुई सय ३९ जना सङ्क्रमित थपिएको त्यहाँको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

सङ्क्रमितमध्ये अहिलेसम्म २२ लाख बिरामी निको भएर घर फर्किएसँगै सङ्क्रमणपछि निको हुनेको प्रतिशत दर आइतबारसम्ममा ७४ दशमलव ८९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा नौ सय १२ जना सङ्क्रमितको ज्यान गएपछि भारतमा कोरोनाबाट ज्यान गुमाउनेको कुल सङ्ख्या ५६ हजार सात सय ६ पुगेको सरकारी त्यहाँको सरकारी तथ्याङ्कमा देखाइएको छ । 

भारतमा १५ दिनमै १० लाख सङ्क्रमित थपिएका हुन् । गएको अगस्ट ७ मा सङ्क्रमितको सङ्ख्या २० लाख पुगेकोमा अहिले सङ्क्रमितको सङ्ख्या तीस लाख पाँच हजार नाघिसकेको छ । 

सङ्क्रमितको सङ्ख्याको आधारमा भारत अमेरिका र ब्राजिलपछि तेस्रो नम्बरमा छ । 

पछिल्लो १८ दिनयता सबैभन्दा धेरै दैनिक कोभिड–१९ का सङ्क्रमित भेटिइरहेका छन् । 


 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया