विश्वका यी १० देश, जहाँ छैन कोरोना सङ्क्रमण

 भदौ ८, २०७७ सोमबार १३:१८:२० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले विश्वका धेरै देश सङ्कटमा परेका छन् । गएको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण त्यसको केही हप्तामा नै विश्वका धेरै देशमा फैलियो । अहिले विश्वका दुई सय १३ देश कोरोनाविरुद्ध लडिरहेका छन् ।

अहिलेसम्म कोरोनाका कारण विश्वका आठ लाखभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । तर विश्वका यस्ता केही देश छन्, जहाँ अहिलेसम्म कोरोना पुगेको छैन । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार विश्वका १० देशमा अहिलेसम्म कोरोना सङ्क्रमण पुगेको छैन । कोरोना सङ्क्रमण नदेखिए पनि यी देशमा कोरोनाले भने असर पुर्‍याएकाे छ । 

कोरोनाका कारण विश्वकै अर्थतन्त्र डामाडोल भएकाले ती देशमा पनि आर्थिक समस्या परेको खबरमा उल्लेख छ ।

कोरोना सङ्क्रमण नदेखिएका १० देश यी हुन् –
    पलाउ
    माइक्रोनेशिया
    मार्शल आइल्याण्ड 
    नाउरु 
    किरिबाती
    सोलोमन आइल्याण्ड 
    तुवालु 
    समोआ
    भानुअतु
    टोङ्गा ।

पलाउमा सन् १९८२ मा खुलेको ‘द पलाउ होटल’ अहिले सुनसान छ । कोरोना भाइरस विश्वमा फैलिनुअघि त्यहाँ झण्डै ९० हजार पर्यटक पुगेका थिए । यो सङ्ख्या पलाउको कुल जनसङ्ख्या भन्दा झण्डै पाँच गुणा धेरै भएको बीबीसी हिन्दीले जनाएको छ ।

पलाउको सीमा क्षेत्र मार्च महिनादेखि नै बन्द छ । ‘द पलाउ होटल’ का प्रबन्धक ब्रायन लीले समुद्रकाे दुनियाँमा पलाउ जति सुन्दर अरु नभएको बताउनुभएको छ । 

पलाउभन्दा झण्डै चार हजार किलोमिटरको दुरीमा मार्शल आइल्याण्ड छ । यहाँ पनि कोरोनाको सङ्क्रमण छैन । मार्शल आइल्याण्डमा एसिया र अमेरिकाका नागरिक धेरै पुग्ने गर्छन् ।

राष्ट्रियस्तरमा मार्शल आइल्याण्ड समूहमा काेभिड–१९ का कारण सात सयभन्दा धेरैकाे राेजगारी गुम्ने आँकलन गरिएकाे छ । सन् १९९७ पछि याे सबैभन्दा ठूलाे गिरावट हाे । यीमध्ये दुई सय ५८ राेजगारी हाेटल र रेस्टुरेन्ट क्षेत्रकाे गुम्न सक्ने बताइएकाे छ । 

तर मार्शल आइल्याण्ड समूहकाे सेल्फ आइसाेलेशनले पर्यटकलाई धेरै प्रभावित गरेकाे छ । किनकि पलाउकाे तुलनामा मार्शल आइल्याण्ड पर्यटनमा बढी निर्भर छ । माछा उद्याेग बन्द हुनु यहाँकाे ठूलाे समस्या हाे । 

डाक्टर लेन टारिभाेन्डा भानुअतुका सार्वजनिक स्वास्थ्य विभागका निर्देशक हुनुहुन्छ । उहाँ तीन लाख जनसङ्ख्या भएकाे राजधानी क्षेत्र पोर्ट भिलामा काम गर्नुहुन्छ । उहाँ अम्बे क्षेत्रबाट हुनुहुन्छ, जहाँकाे जनसङ्ख्या झण्डै १० हजार छ । 

डॉक्टर लेन टारिभाेन्डाका अनुसार भानुअतुका झण्डै ८० प्रतिशत मानिस सहर र औपचारिक अर्थव्यवस्थाभन्दा बाहिर छन् । 

​यस्तै अरु ६ देशमा पनि काेराेना सङ्क्रमण देखिएकाे छैन तर पर्यटक नहुँदा त्यहाँ आर्थिक गतिविधि घट्न थालेका छन् ।

काेराेना सङ्क्रमण नदेखिएका देशमा पनि सन् २०२० मा कुल गार्हस्थ्य उत्पादनमा आएकाे ह्रास यस्ताे छ–

भानुअतु : ९ दशमलव ८ प्रतिशत
पलाउ : ९ दशमलव ५ प्रतिशत
साेलाेमन आइल्याण्ड : ६ दशमलव शून्य प्रतिशत
मार्शल आइल्याण्ड : ५ दशमलव ५ प्रतिशत
समाेआ : ५ दशमलव शून्य प्रतिशत

स्राेत : एसियाली विकास बैंककाे प्यासिफिक आर्थिक सर्वेक्षण, ३० जुलाई । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया