पोखराबाट बेनी आएका प्रहरी जवानमा कोरोना पुष्टि

 भदौ ८, २०७७ सोमबार १४:३०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी – तालिम सकेर पोखराबाट बेनी कार्य क्षेत्रमा पोस्टिङ भएर आएका एक जना प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यही भदौ १ गते म्याग्दीको बेनी आएर क्वरेण्टीनमा बसेका २० वर्षीय पुरुष प्रहरीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।   

सङ्क्रमण पुष्टि भएपछि ती जवानलाई अहिले बेनीको खुल्लामञ्च नजिकै रहेको आइसोलेशन कक्षमा राखेर उपचार सुरु गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमण पुष्टि भएका प्रहरी जवानको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

गएको साउन ३१ गतेदेखि कोरोनाको सक्रिय बिरामी नभएको म्याग्दीमा सोमबार फेरि सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित व्यक्तिको कन्ट्याक्ट टे«सिङको कामसमेत सुरु गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

कार्यालयमा नयाँ आएका सात जनाको समूहलाई छुट्टै राखिएकोमा एक जनामा सङ्क्रमण देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताउनुभयो ।

पछिल्लो पटक थप एक जनामा सङ्क्रमण पुष्टि भएसँगै म्याग्दीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४९ पुगेको छ । 

अहिलेसम्म म्याग्दी जिल्लाबाट ११ सय ३४ वटा नमुना सङ्कलन गरी पीसीआर जाँच गर्न पठाइएकोमा ११ सय नौ वटा नमुनाको नतिजा आएको छ । त्यसमध्ये एक हजार ४८ नमुनाको रिपोर्ट नेगेटिभ, सङ्क्रमित बिरामीको दोस्रो र तेस्रो नमुनासहित ६० वटा नमुनाको रिपोर्ट पोजिटिभ आएकोमा एउटाको इन्भ्यालिड तथा २५ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताउनुभयो । 

सङ्क्रमितमध्ये ४३ पुरुष र पाँच महिला सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् ।  

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया