मेडिसिटी अस्पतालमा पनि पीसीआर परीक्षण सुरु, दैनिक ८ सयको परीक्षण गर्न सक्ने क्षमता

 भदौ ८, २०७७ सोमबार १७:२:० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालमा पनि पीसीआर परीक्षण सुरु भएको छ । काेरोना सङ्क्रमणको जोखिम बढ्दै गर्दा अहिलेको आवश्यकता महसुस गरेर पीसीआर परीक्षण सुरु गरिएको अस्पतालले जनाएको छ । 

नेपाल मेडिसिटीले हरेक दिन आठ सयभन्दा धेरैको स्वाब लिएर रिपोर्ट दिन सक्ने क्षमताको उपकरणसहित परीक्षण सेवा सञ्चालनमा ल्याइएकाे अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डाक्टर गोपी अर्यालले बताउनुभयो । पीसीआर परीक्षणका लागि अस्पताल पग्नुभन्दा पहिले अस्पतालमा नाम दर्ता गराउन अस्पतालले आग्रह गरेको छ ।

स्वाब सङ्कलन गरिएको २४ घण्टाभित्र नतिजा पाउन सकिने अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा.अर्यालले बताउनुभएको छ ।

यस्तै विदेशी नियोग, वैदेशिक रोजगारीमा जाने नेपाली, बैंक तथा कर्पोरेटलाई नेपाल मेडिसिटीले सहुलियत शुल्कमा पीसीआर परीक्षण गरिरहेको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया